लागूऔषध गाँजा सहित पोखराबाट २ जना पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७७
p

पोखरा, २६ साउन । पोखरा–१० शिवटोलबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले आइतबार साँझ शिवमार्गबाट २ जनालाई १ किलो २०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका-४ बाङगेश्वारा घरभई हाल पोखरा–१० शिवमार्ग बस्ने २० वर्षीय जीतबहादुर बि.क. र जिल्ला धादिङ सिद्धलेक गाउँपालिका–६ कुम्पुर घरभई हाल पोखरा महानगरपालिका–१० बस्ने २३ वर्षीय रोहित घले रहेका छन् ।

पोखरा महानगरपालिका-१० शिवमार्ग स्थित केही व्यक्तिले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेपछि विक्रेता २ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका भइरहेकोे वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width