साहित्यकार डा. जगन्नाथ रेग्मीका दुई कृति एकैसाथ लोकार्पण गरिएको छ । उनका श्री श्रीधराचार्य खण्डकाव्य र कालीगण्डकी : संस्कृति र सम्पदा दुई कृतिको अखण्ड ज्योतिबाबा स्वामी कमलनयनाचार्य र संघीय सांसद डा. सूर्य पाठकले लोकार्पण गरेका हुन् ।
कृतिको लोकार्पण गर्दै मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले कृतिले देवनदी कालीगण्डकीको समग्रतालाई समेटेको बताए ।
अर्का वक्ता संघीय सांसद् डा. सूर्य पाठकले कालीगण्डकी गण्डकी प्रदेशको मात्र सम्पदा नभएर राष्ट्रकै अमूल्य निधि भएको धारणा राखे ।
कृतिका सम्पादक रेग्मीले कालीगण्डकी ः संस्कृति र सम्पदा अनुसन्धानात्मक कृति भएको बताए ।जहाँ गण्डकी सभ्यता शालग्रामको महत्वसँगै कालीगण्डकीको उद्गमदेखि त्यस क्षेत्रका सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको महिमा र महत्वलाई केलाइएको बताए ।
शालग्राम सङ्ग्रहालयका संरक्षक स्वामी कमलनयनाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरिप्रसाद उपाध्यायले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
मिस नेपालको पोखरा अडिसन आज
वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता
मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम
सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१