सुजल फूड्सको नयाँ उत्पादन बजारमा

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७७
12345

पोखरा, २६ साउन । सुजल फूड्स प्रालिले उत्कृष्ट स्वादका नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । प्रालिले हालैमात्र अफर रोल्स अन्तरगत चोकोफन रोल्स  वाफर चक्लेट लगायतका नयाँ उत्पादनहरु बजारमा ल्याएको हो ।

जसमध्ये प्रालिले उत्कृष्ट स्वादको चोकोफन रोल्स वाफर, चोकोलेट, नेपालमै पहिलो पटक बजारमा ल्याएको हो । नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वाफर रोल्समध्येको चोकोफन रोल्स भएको प्रालिले दावी गरेको छ । प्रालिका अनुसार यस रोल्सको बाहिरी भाग क्रिस्पी र भित्री भाग क्रिमी रहेको र जुन क्रिम अत्यन्त उत्कृष्ट र स्वादिष्ट छ ।

यसलाई चिया, कफीका साथै सलादमा र आइसक्रिमसँग उपभोग गर्न सकिन्छ । अन्तराष्ट्रिय गुणस्तरको स्वादिष्ट फ्लेवर प्रयोग गरी बजारमा ल्याएको हो । आकर्षक प्याकेजिङका साथै एउटा जारमा ४० पिस रहेको छ ।

यो चक्लेट उत्पादन मितिको १२ महिनासम्म प्रयोग गर्न सकिने दावि कम्पनीले गरेको छ । १३ ग्रामको उक्त चक्लेटको मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ । उक्त चक्लेट उपभोक्ताको मन जित्न सफल हुने दावि कम्पनीको छ । प्रालिले आफ्ना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तराष्ट्रिय बजारमा समेत बिक्री बितरण गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width