पोखरा, २६ साउन । पोखरा महानगरपालिका वडा ९ मा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।
वडा ९ कार्यालयले सोमबार सूचना जारी गरी अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरेको छ ।
वडाध्यक्ष रामराज लामिछाने र वडा सचिव लोकदर्शन कोइरालाले संयुक्त हस्ताक्षर गरी जारी गरेको सूचनामा वडामा संक्रमण देखिएकोले वडावासीलाई भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्न, अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन, निस्कनै परे मास्क प्रयोगगर्न, व्यापार व्यवसाय संचालन गर्नुपरे सामाजिक दूरी कायम गर्न आग्रह गरेका हुन् । पोखरा वडा ९ मा नयाँबजार, पृथ्वीचोक,बसपार्क लगायत पोखराका मुख्य बजारक्षेत्र पर्दछन् ।
यसअघि पोखरा वडा १६ र १९ मा पनि सम्बन्धित वडाहरुले सूचना जारी गरी सोही प्रकृतिको आग्रह गरेका थिए ।
पोखरामा शनिबार राति मात्रै कोभिड–१९ का कारण ६२ वर्षीय पुरुषको ज्यान गएको थियो । उनी पोखरा १९ निवासी थिए ।
गण्डकीमा हालसम्म १ हजार ६ सय १२ जना संक्रमित छन् । तीमध्ये १ हजार ४ सय ६३ निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१