‘छम्छम् काँचको चुरा’ गीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७७
kabiraj

लेखनाथ । पोखरेली गायिका सावित्री गिरीले ‘छम्छम् काँचको चुरा’ श्र्रोता–दर्शकमाझ ल्याएकी छन् । उनको सो गीत वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले एक समारोहबीच सार्वजनिक गरिन् ।

कोइरालाले आमा समूहको सक्रियतामा संस्कृति संरक्षण भएको भन्दै सो कार्यको प्रशंसा गरिन् । उनले परिवार, समाज र देशमा भएका वास्तविक घटना समेटेर कुन चेलीले, वर्ष भरीमा के कस्ता दुःख, सुख भोगेकी छिन् ती समेटेर तीज गीत बनाउनुपर्ने बताइन् ।

कला र साहित्य हाम्रा अमूल्य निधि हुन् भन्दै उनले तीज गीतको नाममा भएका विकृति–विसंगति हटाउनु पर्ने धारणा राखिन् ।

गायिका सावित्री गिरीले विश्वमा नै कोरोना संक्रमण भाइरस महामारी भएको बेला आफूले तीजको कोसेली ल्याएको भन्दै माया गरिदिन सम्पूर्णमा आग्रह गरिन् । उनले ‘छम्छम् काँचको चुरा, चुलठी धागोले जेलेको सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकामा गीत बनाएर बजारमा ल्याएको बताइन् । उनले छिट्टै तीजको भाकाको कोरोना भाइरसको अर्को गीत पनि ल्याउने लागेको जानकारी दिइन् ।

कार्यक्रममा पोखरा ३२ का वडा सदस्य विष्णुप्रसाद तिवारी, म्यूजिम भिडियो निर्देशक पुकार श्रेष्ठलगायत बोलेका थिए ।

आदर्श आमा समूहकी अध्यक्ष पद्मा गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा धन्यवाद ज्ञापन समूहकी उपाध्यक्ष मीना गिरी र सचिव राधा घिमिरेले संचालन गरेकी थिइन् ।

राजाको चौतारा आमा समूहको आयोजना, महेन्द्र गिरीको निर्माण र सावित्रि गिरीको प्रस्तुति रहेको सो गीतको म्यूजिम भिडियो निर्देशक पुकार श्रेष्ठ हुन् ।

शब्द लय तथा मिडियामा कविराज खनाल, छायांकन प्रदीपकुमार नापित, नृत्य निर्देशक प्रीति गुरुङ्ग हुन् । अभिनयमा प्रार्थना श्रेष्ठ छन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width