एक सय २१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७७
ooo

पोखरा, २५ साउन । लायन्स क्लब अफ पोखरा सिमल चौतारीद्वारा आयोजित रक्तदान कार्यक्रममा १२१ युनिट रगत संकलन भएको छ ।

लायन वर्ष २०२०/२१ मा लायन्स क्लब इन्टरनेशनल ३२५बि १, नेपाल अन्तर्गत हाल सम्मकै सर्वाधिक १२१ युनिट रगत संकलन भएको हो । पोखरा–८ सृजनाचोक स्थित पावर हाउस प्रा.लि. को प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शुभारम्भ डिष्ट्रक्ट ब्लड डोनेसन कमिटीका डिपार्टमेन्ट चिफ ला. बालकृष्ण शर्माले ब्लड ब्याग महिला रक्तदाता ला. बिमला अधिकारीलाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, पोखरा महानगर पालिकाका वडा नं ८ का जनप्रतिनिधि किरण गौतम, लक्ष्मी कौशल, वीरेन्द्र नारायण विजुक्छे लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width