आइतबार थपिए ३८० जना कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७७
Coronavirus_world_2

काठमाण्डौ, २५ साउन । नेपालमा आइतबार कोरोना भाइरसबाट तीन सय ८० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।गौतमले नेपालभर गरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेको बताए। विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्। अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन् ।कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width