स्वास्थ्य परीक्षण बिना मजदुर ल्याउदा १४ जनामा कोरोना

राजेशचन्द्र राजभण्डारी
श्रावण २५, २०७७
Blood sample tube positive with COVID-19

बागलुङ, श्रावण २५। महोत्तरीवाट बागलुङ ल्याईएको १८ जना मजदुरलाई स्वास्थ्य परीक्षण बिना जिल्ला भित्रिएको पाईएको छ।

धौलागिरि अस्पताल बागलुङको सि व्लकको भवन निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले स्वास्थ्य परीक्षण विनै १८ जना मजदुर बागलुङ ल्याएको खुलेको हो।

धौलागिरी अस्पताल विकास समितिको आग्रहमा बागलुङ नगरपालिका वडा नम्वर २ र जिल्ला प्रशासन कार्यलय बागलुङले भवन निर्माणको काम गराउन मजदुलाई बागलुङ आउन अनुमती दिएको थियो । १८ जना मध्य शनिवारसम्म १४ जनामा कोरोना पुष्ठि भएपछि मजदुरहरु बिना परीक्षण जिल्लामा ल्याएको खुलेको छ।

संक्रमितमध्ये पहिलो पटक गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका २५ वर्षीय एक पुरुषलाई धौलागिरी वहुमुखि क्याम्पसमा रहेको प्रि आईसोलेशनमा राखिएको छ।

ति मजदुरसँगै वसेका अन्य १७ जनाको क्षयरोग उपचार केन्द्र पोखरामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा थप १३ जनाको कोरोना पुष्ठी भएको छ।

बागलुङ नगरपालिका कार्याालयको रात्माटा स्थित कार्यालयमा क्वारेन्टाइनमा रहेका उनीहरुमा कोरोना पुष्ठी भएपछि धौलागिरी अस्पतालको आईसोलेशनमा ल्याईएको छ भने वाकी ४ जना वागलुङ नगरपालिका कार्यलयको रात्माटा स्थित पुरानो भवनको क्वारेन्टाईनमा रहेका छन्।

निर्माण कम्पनीले स्वास्थ्य परिक्षण विना भवन निर्माणको काममा लगाएको खुलेको छ। भवन निर्माणका लागि साउन १३ गते महोत्तरीबाट १८ जना कामदार बागलुङ आएका थिए।

तराईवाट क्षेत्रवाट ल्याइएका मजदुरमा कोरोना देखिएपछि उनीहरु स्वास्थ्य परिक्षण बिना कसरी बागलुङ आए भन्नेवारे चासो र वहस हुन थालेको।

विगत १३ वर्ष अघि सुरु भएको अस्पतालको सि व्लकको भवन पटक पटक म्याद थप गर्दा पनि अलपत्र परेपछि निर्माण कम्पनीलाई काम सुरु गर्न अस्पताल विकास समितिले आग्रह गरेको थियो ।

१३ गते आएका मजदुरको ३ दिनपछि स्वास्थ्य परिक्षण गर्दा १ जना र शुक्रवार गरिएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टी भएको अस्पलात विकास समितिका अध्यक्ष केवी राना मगरले वताए ।

१ जनाका कोरोना देखिएपछि क्वारेन्टीनमा राखिएका १७ जनाको परिक्षण गर्दा १३ जनाका पुष्टी भएपछि आज शनिवार अस्पतालको आइसोलेशनमा राखिएको रानाले वताए । वाँकी ४ जनाको केही दिनमा पुन परीक्षण गरिने रानाले वताए ।
अस्पतालले भवन निर्माणको काम अलपत्र पर्यो भनेपछि अस्पतालको आग्रहमा मजदुरलाई बागलुङ आउने अनुमति दिएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वताए।

मजदुरमा कोरोना पोजेटिभ देखिएपछी बागलुङ भित्रने मुख्य नाकाहरुमा बिना स्वास्थ्य परिक्षण अनुमति वन्द गरिएको र तराई क्षेत्रवाट मजदुर ल्याउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताए।

Related News

सम्बन्धित समाचार

hero news full width