कृषि क्षेत्रको विकासमा १८ करोड बजेटः मन्त्री थापा

सविन लामिछाने
श्रावण २५, २०७७
bandipur

दमौली । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कोरोना भाइरस महामारीबाट रोजगारी गुमेकाहरुलाई व्यावसायिक कृषिका लागि सरकारले १८ करोड बजेट विनियोजन गरेको बताएका छन्।

बन्दीपुर गाउँपालिकाद्वारा सहकारी मार्फत दूध उत्पादनमा प्रतिलिटर १ रुपैयाँ अनुदान वितरण कार्यक्रम तथा याम्पामा पशु सेवा कार्यालयको शनिबार उद्घाटन गर्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।

उनले कोभिड–१९ कारण विभिन्न व्यवसायमा आबद्ध व्यक्तिहरुको रोजगारी गुमेकाले कृषि क्षेत्रलाई व्यवसायी गराउन उक्त बजेट विनियोजन गरिएको बताए।

उनले भने, ‘कोभिड–१९ का कारण व्यवसायी धराशयी भएका छन् । विदेशबाट आएका युवाहरुले काम पाउन सकेका छैन । तैपनि लगानीको अभावमा कोही बिमुख र बेरोजगार हुन पर्दैन ।’

खाद्यवाली, बागवनी, पशुपालन मत्स्यपालन व्यवसाय संञ्चालनको लागि लगानीको अभाव नहुने उनले दाबी गरे । उनले किसानहरुको लगानीको लागि सरकारले सहयोग गर्ने बताए ।

उनले विपद् अवस्थामा ९० प्रतिशतसम्म सुविधा पाउन सकिने निःशुल्क बीमा प्रभावकारी देखिएकोले बीमा गर्न आवश्यक रहेकोमा जोड दिए ।

प्रदेशले दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर दूधमा २ रुपैयाँ ५० पैसा दिने कार्यक्रमको थालनी गरेको बताउँदै उनले यस कार्यबाट शिक्षा र अनुभव लिएर आगमी दिनमा परिस्कृत गर्दै लैजाने योजना रहेकोे बताए ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नेपाल कृषि र पशुपालनको प्रचूर सम्भावना रहेकोले आत्मनिर्भरमात्रै नभई निर्यात गर्ने गरी काम गर्नुपर्ने बताए । गाउँपालिकामा उत्पादन हुने बस्तु बिक्री वितरणको लागि व्यवस्था नयाँ पुलमा हाटबजार निर्माण कार्य भैरहेको उनले बताए ।

उक्त दूग्ध सहकारी संस्थामा दैनिक ४२ सय लिटर दूध निर्यात हँुदै आएको छ । गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर १ रुपैयाँ दरले उत्पादनको आधारमा अनुदान प्रदान गरेको हो । सो कार्यक्रमअन्तर्गत सबैभन्दा धेरै दूध संकलन गर्ने नमुना गाई फार्मका संञ्चालक पुष्पराज पौडेल र उनकी पत्नी सीता पौडेललाई ७९ हजार अनुदान प्रदान गरिएको छ ।

त्यसैगरी अन्य ४१ जना दूग्ध उत्पादक कृषकहरुलाई पनि उत्पादनको आधारमा प्रतिलिटर १ रुपैयाँ दरले अनुदान प्रदान गरिएको छ ।

उता, मन्त्री थापाले बन्दीपुर ५, याम्पामा पशुसेवा कार्यालय समेत उद्घाटन पनि गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width