पोखरा, २४साउन । मादीगाउँ कार्यपालिका ५२ औं तथा चालू आव २०७७÷०७८ को पहिलो बैठक मादीगाउँपालिका –२ को धार्मिक पर्यटकीय तीर्थस्थल दूधपोखरीमा बसेको छ ।
मादी गाउँपालिकाको उच्च हिमाली भागमा अवस्थित दूधपोखरी तथा पर्यटकीय स्थलको सातदिने अध्ययन अवलोकन भ्रमण गर्दै बसेको पहिलो बैठक बिभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ ।
बिशेष निर्णयमा ऐतिहासिक एवं पवित्र धार्मिक तीर्थस्थल दूधपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि दूधपोखरीसम्म घोरेटोबाटोको मर्मत संभार तथा विभिन्न स्थानहरुको सूचनामूलक साईनबोर्डहरु राख्नुको साथै श्रब्यदृष्य डकुमेन्ट्री निर्माण गरी प्रचार गर्ने रहेको छ ।
दूधपोखरी, कपुचे हिमताल, तिंउचेङयो ताल, प्लउँस्योपो ताल, खोलाङ्यो ताल, चिङग्रेङयो ताल, कपुङ्यो ताल लगायतका मादी गाउँपालिकाका उच्च भू-भागमा अवस्थित ताल, पोखरी तथा हिमालकुण्डलाई विश्व सीमसार र रामसार सूचीमा सूचीकृत गरी उल्लेखित तालहरको संरक्षण, संवद्र्धन तथा उक्त तालहरुसम्म पुग्ने बाटोहरु निर्माणमा जोड दिइएको छ ।
गाँउपालिकाका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षतामा बसेको पहिलो बैठकले अन्य निर्णयमा सातौ गाउँसभाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को लागि योजना तथा कार्यक्रमहरुको कार्यान्वयन लागि वार्षिक कार्यायोजना स्वीकृत गर्ने, तप्राङ खुल्ला वन्यजन्तु पार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ स्वीकृत गर्ने, तप्राङ वन्यजन्तु पार्कको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए गर्ने, थुम्सीकोट प्राथामिक स्वासथ्य केन्द्रका लागि एक चिकित्सक करारमा नियुक्ति गर्ने, सिक्लेस, कोरी, ठूलेक, थुर्जु दूधपोखरी, नामुन भञ्ज्याङ– डाँफेचौर हुदै मनाङको तिमाङसम्मको पदमार्गलाई टोनी हेगन पर्यटकीय पदमार्गको रुपमा विकास गर्ने लगायतका निर्णय भएका छन् ।
Related News
सम्बन्धित समाचार
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्रमा धर्मराज
तालवाराही मन्दिर परिसरमा फोटोग्राफी कोटेसन विवाद, वडाले तान्याे सबै फाइल
मगर संघले मनायो ‘माघे सकराटी’
राष्ट्रिय एकता मजबुत बनाउन पर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७