अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

रासस
श्रावण २४, २०७७
kp oli

चितवन, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।’

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकार दिए । उनले भने, ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।’

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । ‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ’, सुवेदीले भने । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्याे ।

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज लाएका हुन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएको जानकारी दिए । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदै छ । ढकालले भने, ‘आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ ।’

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width