नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १०, मगरकोटस्थित जनता माविले शिक्षक नियुक्तिमा सेटिङ मिलाएको खुलासा भएको छ ।
मावि तह र निमावि तहका लागि १–१ जना राहत शिक्षक आवश्यक परेकोमा विद्यालयका प्रअदेखि नगरपालिकाको शिक्षा शाखासम्म नै सेटिङ मिलाएको स्रोतको दाबी छ । पन्ध्र दिनअघि नै सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान भए पनि विद्यालयले सूचना लुकाएर आर्थिक प्रलोभनका शिक्षक नियुक्त गर्ने प्रपञ्च रचेको खुलासा भएको छ ।
विद्यालयले साउन ८ को मितिमा लेखेको विज्ञापन शुक्रबार बेलुकामात्रै विद्यालयको सूचना पाटीमा प्रकाशित गरेको थियो । विद्यालयको सूचना पाटीमा समेत सूचना प्रकाशित नभएको र आफूले पटक–पटक विद्यालयमा गई सोध्दा लेखापाल खेमनारायण चापागार्इँले विज्ञापन नखुलेको भन्दै आवेदन बुझ्न नमानेको सुमित्रा लामिछानेले बताइन् ।
कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत छत्रबहादुर भण्डारीले सूचना लुकाएर कोही कसैले पनि शिक्षक छनोट गर्न नमिल्ने बताए । उनले त्यसरी गरिएको छनौट मान्य नहुने पनि स्पष्ट गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण तिमिल्सिनाले सूचना निकालेर प्रक्रियागत रुपमा नै छनोट प्रक्रिया अगाडि बढाइएको दाबी गरे । उनले विद्यालयमा टाँसिएका सूचना कसैले च्यातेको हुन सक्ने तर्क गरे ।
उनले पत्रिकामा समेत सूचना प्रकाशित गरेको दाबी गरेका छन् । उनले मावि तहका लागि ८ जना र निमावि तहका लागि ३ जनाको आवेदन परेको बताए ।
तर सोही विद्यालयका शिक्षकहरु भने विज्ञापन खुला गरिएकोबारे आफूलाई थाहा नभएको बताउँछन् ।
पटक–पटक सम्पर्कको प्रयासमा प्रअ गोपाल लम्सालले भने सम्पर्कमा आउन चाहेनन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१