शान्ति स्तुपा चौतारीको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७७
rukh

पोखरा  । हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षणमा योगदान पु¥याउने लक्ष्यका साथ लायन्स क्लब अफ शान्ति स्तुपा चौतारीले पोखरा १७, छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा वृक्षरोपण गरेको छ ।

बिहीबार भएको सो कार्यक्रममा चाँप, कपुर, लप्सी लगायत विभिन्न जातका एक सय ५० वटा विरुवा रोपिएको थियो ।

लायन्स डिष्ट्रिक चिफ पिआरो राम बस्यालले चापको बिरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै लायन्सले शिक्षा, स्वास्थ्य र वातारणीय क्षेत्रमा योगदान गर्दै आएको जानकारी दिए ।

साथै उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउँदै आएको बताए ।

सो स्थानमा क्लबको सक्रियतामा अघिल्लो वर्ष पनि २ सय सयभन्दा बढी बिरुवा रोपिएको थियो । जसमा नियमित गरिएको र बिरुवा राम्रोसँग हुर्केको लायन्स शान्ति स्तुपाका अध्यक्ष सुभाष ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा लायन्स खिमलाल बराल, लक्ष्मी बराल, किशोर बराल, रंगीला आचार्य, कुमार आचार्य, पत्रकार हरि बास्तोला लगायतले खाली जमिनमा वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width