दरौदी खोलाले बगाउँदा १ को मृत्यु १ बेपत्ता

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७७
Corona-deaths

पोखरा, २३ साउन । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ खुर्पाजुङ निवासी १५ वर्षीय सविन श्रेष्ठको दरौदी खोलाले बगाएर मृत्यु भएको छ भने सेही ठाँउ निवासी १५ वर्षीय प्रजल श्रेष्ठ बेपत्ता भएका छन् ।

विहीवार दिउसो गोरखाको पालुङटार नगरपालिका–३ स्थित बेनीखोलामा फूटवल हेर्न जाने क्रममा दिउसो ३.३० बजे गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–४ मा दरौदी खोला तर्ने क्रममा बगेका थिए । खोलाले बगाउँदा बेपत्ता भएका दुई किशोर मध्ये सविन श्रेष्ठको शव शुक्रवार साँझ गोरखा नगरपालिका–१२ खत्रीबेंसी स्थित दरौदी नदीको बीच भागमा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बेपत्ता प्रजल श्रेष्ठको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width