प्रविधि शिक्षा सिक्दै निर्मलका शिक्षक

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७७
unnamed

दमौली, जिल्लाको व्यास नगरपालिका वडा नं १ भादगाँउस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकहरुले क्षमता अभिवृद्धिका लागि प्राविधि शिक्षाको तालिम सुरु गरिएको छ ।

नेपाल सरकारको नमुना विद्यालय छनोटमा परेको तनहुँकै उत्कृष्ठ मध्येको एक विद्यालय निर्मल मा.वि शिक्षकहरुलाई शुक्रबारदेखि तालिम प्रदान गर्न सुरु गरिएको हो ।

हालैमात्र दूरसंचार प्राधिकरणबाट छनोटमा परेको विद्यालयले २४ वटा कम्यूटर सेट, ४ वटा सिसिटिभी क्यामरा, कनेक्सन बक्स, पावर ब्याकअपका लागि इनभटर साथै प्रा्जेक्टर समेत जडान गरीएको र उक्त सामग्रीहरुको प्रयोग गरेर तालिमलाई सञ्चालन गर्न लागिएकोे विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र बस्नेतले बताए ।

नमुना विद्यालयका रुपमा छनोट भई रु १ करोड ८७ लाख ६० हजार विद्यालयलाई प्राप्त हुने र त्यसै रकमबाट योजनाका आधारमा गुरुयोजना सहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा पुर्याउने उद्देश्यले ८ कोठे भवन थप गरिएको र खेलकुद लगाएत नवौं साफ गेम लाईपनि खेल्न मिल्ने गरी दुईवटा ब्याडमिन्टन कोट निर्माण गरिएको छ ।

तालिमको उद्घाटन गदै व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले अहिलेको आवश्यकता नै प्राविधि शिक्षा रहेको बताए । उनले भने, “ अहिलेको अवस्थामा प्राविधिक शिक्षाको हो । यस महत्व हामीले लकडाउन भएको बेलामा बुझेका छौ.। ” रेग्मीले भने,“ आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो। पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन्। यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास पनि लिइएको छ। यस्तै उनले विद्यालयको लागतमा शिक्षकको क्षमता वृद्धिका लागि अनुदानमा ल्यापट वितरण गरिने बताए ।

हालैमात्र बसेको नगर सभाले पनि रु ३५ लाख नगरपालिका भित्रका विद्यालयहरूको प्रविधिमा खर्च गर्न सकिने गरी रकम छुट्टाएको समेत उनले जानकारी गराएका थिए । उक्त तालिम १० दिन सम्म सञ्चालन हुने उक्त आईसीटी तालिमा कम्पुटरका बेसिक कोर्स सम्बन्धी शिक्षा सिकाईने साथै मोबाइल एप्लिकेसनको बारेमा सिकाइ सहजिकरण गरिने तालिमका प्रशिक्षक एवं त्यसै विद्यालयका कम्प्युटर शिक्षक दिपक पन्तले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width