गौतम होलिडेजको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७७

गौतम होलिडेज प्रा.लि.ले २६ वैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ ।

घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो ।

उक्त योजनामा करिब ५ सय जनाले सहभागिता जनाएकामध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएका थिए । तिनै ४१ मध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो । कम्पनीले फेसबुक पेजमा राखिएको फोटोको लाईक, कमेन्ट र सेयरको आधारणमा बिजेता घोषणा गरिएको कम्पनीका अध्यक्ष उत्तम गौतमले जानकारी दिए ।

बिजेताहरुमा उस्मा सिजापती, सलिना कालाखेती, आयुष्मा नेपाल, विशेष प्रधान, काजोल खेतान, विनोद श्रेष्ठ, उस्मा स्थापित, काजी श्रेष्ठ, सागर दाहाल र सृजना केसी रहनुभएको छ । बिजेतालाई १ रात २ दिनको टुर प्याकेज प्रदान गरिने उहाँले जानकारी दिए ।
गौतम होलिडेज आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी कम्पनी हो ।

कम्पनीले नेपालभित्र मुस्ताङ, रारा, तिलिचो, कालिञ्चोक, चित्लाङ्ग, सैलुङ्ग लगायतका टूर प्याकेजका साथसाथै बिदेशको टूर प्याकेजको सेवा प्रदान गर्दै आएको छ ।