रोयल सहकारीले सहुलियत ब्याजमा ऋण दिने

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७७
55

पोखरा, २३ साउन । पोखरा रोयल बचत तथा ऋण सहकारीले कोभिड सहायता ऋण योजना ल्याएको छ । कोभिड–१९ र लकडाउनले व्यवसाय र रोजगारी अप्ठ्यारोमा परेका सदस्यहरुको व्यवसायीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराईनेछ ।

संस्थाले ९.९९ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्नेगरी १० करोड कोष बनाएको मुख्य प्रबन्धक मीलन ढकालले बताए ।

आफ्ना सदस्यहरुमा कोभिडले पारेको असरको बारेमा स्थलगत सर्भेक्षण पश्चात कोभिड केयर ऋण लगानी प्रारम्भ गरिएको ढकालले बताए ।

ऋणको सीमा बढीमा रु.१० लाखसम्म रहेको छ । जसमा पहिलो ६ महिना ब्याज मात्र बझाउने सुविधा रहेको छ ।

यो योजना कात्र्तिक मसान्तसम्म रहने ऋण प्रवन्धक परमेश्वर दाहालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width