पत्रकार श्रेष्ठलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७७
patrkar shrestha help

दुवै मृर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका तनहँुका पुराना फोटो पत्रकर राजु श्रेष्ठको उपचारका लागि सहयोग गर्ने क्रम जारी रहेको छ ।

उनलाई देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । यसैक्रममा बिहीबार अष्ट्रेलियामा रहँदै आएका तनहुँबासीद्वारा गठिन संस्था अष्ट्रेलिया समाज श्रेष्ठको उपचारका लागि एक लाख ८१ हजार चार सय पाँच रुपैया सहयोग गरेका छन् ।

उक्त रकम तनहुँका सामाजिक अभियान्त लक्ष्मीभक्त खनाल, सरोज भण्डारी, मनबहादुर रुचाललगाएतका व्यक्तिले मृगौला पीडित श्रेष्ठको घर चितवनमा पुगेर हस्तान्तरण गरेका हुन् ।

अस्ट्रेलिया रहेका नेपाली नागरिकको सहयोगमा उक्त रकम पठाएको अस्ट्रेलिया तनहुँ समाजका अध्यक्ष दिनेश खनालले जानकारी दिए । उपचारका लागि हालसम्म करिब २२ लाख सहयोग संकलन भैसकेको पत्रकार श्रेष्ठले जानकारी दिए ।

विदेशमा रहेर रकम संकलन गरी वीरेन्द्र घर्तीबाट दुई लाख ५३ हजार, गौरीशंकर थापाले एक लाख १९ हजार पाँचसय सहयोग मिलेको पत्रकार श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width