सलह कीरा छोप्नेलाई पुरस्कार

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७७
IMG_2118

सलह किरा नियन्त्रणका लागि स्याङ्जाका केही पालिकाले पुरस्कारको व्यवस्था गरेका छन् ।  यसै क्रममा आँधीखोला गाउँपालिकामा बिहीबार सलह छोप्ने ४ जना पुरस्कृत भएका छन् ।

सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी तीन सय दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ४ जनाले ९ किलो तीन सय ग्राम सलह छोपेर गाउँपालिकालाई बुझाएका थिए ।

गाउँपालिका–२ पोखरचौर बस्ने सन्दीप सापकोटा, सविना सापकोटा, टेकबहादुर भुजेल र सफल राना ले उक्त परिणामको सलह छोपेर कृषि शाखामा बुझाएपछि गाउँपालिकाले उनीहरूलाई दुई हजार सात सय नब्बे रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । अध्यक्ष पौडेलले सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्न समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन उक्त अभियान शुरु गरेको जानकारी दिए ।

यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले एक सय २० रुपैयाँ प्राप्त गरेको सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width