पोखरामा ७ वर्षीय बालकमा देखियो कोरोना

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७७
covid 19 corona banner

पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये पोखरा महानगरपालिका वडा नं. ८ मा ४ जनामा कोरोना देखिएको हो । संक्रमित मध्ये ७, १४ र ८२ वर्षीय पुरुष र ७२ वर्षीय महिला छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीमा ४ जना, स्याङ्जामा २ जना तथा तनहुँ, पर्बत र गोरखामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width