पहिरो पीडितलाई कांग्रेसको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७७
sahayog madi

पोखरा । नेपाली काँग्रेस कास्कीले पहिरो पीडितलाई सहयोग गरेको छ । मादी गाउँपालिका ५ ठूलोस्वाँराका पहिरो पीडितलाई १० हजार नगद सहयोग गरेको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई सहयोगस्वरुप रकम हस्तान्तरण गरे ।

विदेशमा रहेका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजार रुपैयाँमध्येबाट १० हजार रुपैयाँ सो परिवारलाई हस्तान्तरण गरिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

गत असार २५ गतेको अविरल वर्षाका कारण गुरुङको घर भत्किएको थियो । दिउँसोको समयमा घर भत्किएका कारण मानवीय क्षति हुन पाएन । सभापति केसीले दुखमा परेका ब्यक्तिको साथमा कांग्रेस रहेको भन्दै आवश्यक सहयोग गर्न मातहतका नेता कार्यकर्तालाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width