काँग्रेस संसदीय दलको नेता बने कनौडिया

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७७
congress leader

बुटवल । प्रदेश ५ को प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।

मंगलबार बुटवलमा बसेको पार्टी संसदीय दलको बैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत् रुपमा दलको नेता चयन गरेको हो ।

कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए ।

गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए ।

कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए ।दलको नेता चयन भएपछि पत्रकारसँंग कुरा गर्दै कनौडियाले अब प्रदेशसभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने बताए ।

प्रदेशसभामा विपक्षी दलको भूमिकालाई आगामी दिनमा सशक्त बनाएर लैजाने नेता कनौडियाको दाबी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width