बैंकको कर्मचारीमा देखियो कोरोना

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
covid 19 corona banner

बुटवल, २० साउन । रुपन्देहीको देवदहमा रहेको बैंकका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । देवदहको खैरेनीमा रहेको बैंकका एक कर्मचारीमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण भएको खबर आउने बित्तिकै बैंकलाई सिल गरिएको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि बैंकका सबै कर्मचारीको पिसिआर टेष्ट गरिने कंडेलले बताए । कर्मचारीलाई कसरी कोरोना संक्रमण भएको हो भन्ने विषय अझै नखुलेको बताईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width