हेमजा । नेलम्बो नेपालले पोखरा–२ र अन्नपूर्ण गाउँपालिकामा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।
कोभिड–१९ बढ्दो संक्रमण र उच्च जोखिम मध्यनजर गर्दै संस्थाले परियोजनाको दोस्रो चरणअन्तर्गत सो सामग्री वितरण गरेको हो । संस्थाले थर्मल गन, ग्लोब्स्, मास्क, सेनिटाइजर, सेफ्टी भेष्ट र केएन् ९५ मास्क पोखरा २ का वडाध्यक्ष राजेश्वर मल्ललाई हस्तान्तरण गरेको जनाएको छ ।
कार्यक्रममा वडा सदस्य गौतम बिजुक्छे र छब्बीस कुरिया टोल विकास समिति पोखरा ४ का अध्यक्ष सरोज लामा समेत उपस्थित थिए । वडाध्यक्ष मल्लले सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेलब्बोसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
त्यस्तै संस्थाले अन्नपूर्णमा पीपीई सेट, थर्मल गन, ग्लोब्स्, सेनिटाइजर, के एन–९५ मास्क, हातधुने साबुन, बेट्री, हेडक्याप लगायतका सामग्री प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, स्वास्थ्य संयोजक ऋषिराम पौडेल र २ का वडाध्यक्ष चूडामणि अधिकारीको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष कुँवरले विषम परिस्थितिमा संस्थाले गर्दै आएको सहयोग सह्रानीय रहेकोमा धन्यवाद दिए ।उनले संस्थाले परियोजनाको पहिलो चरणमा उपलब्ध गराएका स्वास्थ्य सुरक्षाका समाग्रीहरु पनि गाउँपालिकाअन्तर्गत विभिन्न स्वास्थ्य चौकी र क्वारेन्टिनस्थलमा वितरण गरेको जानकारी पनि दिए । त्यस्तै उनले आगामी दिनमा पनि नेलब्वोसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
नेलब्बोका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा किसन कोइराला, जनसम्पर्क सूपरीवेक्षक भीमप्रसाद भण्डारी र स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटासहितको टोलीले दुवै स्थानमा सामग्रीहरु प्रदान गरेको हो ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१