तेजाब आक्रमण : दण्डसजायलाई परिमार्जन गर

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७

पोखरा । तेजाब (एसिड) आक्रमण सम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको सोमबारको बैठकले “तेजाब आक्रमण, पीडितको अवस्था र चाल्नुपर्ने कदम” विषयमा भएको छलफलपछि समितिले पीडितलाई उजूरी दिन उप्रेरित गर्न तथा त्यस्ता उजूरीप्रति संवेदनशील भई तुरुन्तै सम्बोधन गर्ने व्यवस्था मिलाउन सो मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले एसिड खरिद बिक्री कार्यलाई नियन्त्रण एवं व्यवस्थित गर्ने, खरिदकर्ताको विस्तृत विवरण अनिवार्य रुपमा अभिलेखिकरण गर्ने कार्य गर्न-गराउन, हालसम्मका एसिड आक्रमण पीडितको शारीरिक, मानसिक एंव भावनात्मक आघातलाई सम्बोधन गर्न प्रभावकारी रुपमा औषधि उपचारको अनिवार्य व्यवस्था तत्काल मिलाउन र सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कानूनी सहायता तथा मनोपरामर्श प्रदान गर्न, शिक्षा÷उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्न, सीपमूलक तालीम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा त्यस्ता व्यक्तिको जीविकोपार्जनलाई सहज बनाउन (आयआर्जनका लागि सक्षम बनाउन) र सामाजिक पुनःस्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई समिति निर्देश गर्दछ ।’

समितिका सभापति निरुदेवी पालले तेजाब आक्रमण सम्बन्धी कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक समन्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई समेत निर्देशन दिइएको जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width