थोत्रा सवारीसाधन हटाउन माग

रासस
श्रावण १९, २०७७
Supreme-Court-of-Nepal

काठमाडौँ, १९ साउन । सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री कार्यालय बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयसहित १४ लाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा आज दायर गरेको निवेदनमा पुराना प्रयोगमा नआउने सवारी साधनमा तत्काल आर्थिक क्षति तथा वातावरणमा प्रदूषण भएको हुँदा रोक्न माग गरिएको हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाअन्तर्गत सबै कार्यालय, संवैधानिक निकाय, आयोग, सचिवालय र सबै पदाधिकारी तथा कर्मचारी, स्वायत्त संस्था लगायतमा पुराना सवारी साधन जताततै राखिएका हुँदा जनताले तिरेको करको ठूलो मात्रामा आर्थिक क्षति तथा वातावरण्मा असर परेको उल्लेख छ ।

वर्षौंदेखि खुला घामपानीमा राखिएका सवारी साधन हाल कवाडी, फोहर र स्थान ओगटेका कारण दिनानुदिन जनताको करबाट खरिद गरेकाले आर्थिक क्षति हुनाका साथै उक्त पुरानो सवारी साधन कवाडी भई सकेकाले त्यसबाट माटो, माटोमुनिको पानीको स्रोतमा समेत विभिन्न हानिकारक रसाइन मिसिन गई वातावरणीय प्रदूषण भई समग्र कर्मचारी, सेवाग्राही र अन्य जोकोही व्यक्तिलाई समेत वातावरणीय प्रदूषण भइरहेको उल्लेख छ ।

निवेदनको अन्तिम किनारा नभएसम्म सिंहदरबार परिसरभित्र रहेका र समग्र देशैभरका प्रयोगमा नआउने सवारी साधनलाई विपक्षीको कार्यालय क्षेत्रबाट हटाई व्यवस्थित डम्पिङ साइटका लागि व्यवस्थापन गर्नु/गराउनु, डम्पिङ साइटमा लगी व्यवस्थापन गर्न तत्काल नमिल्ने भए तत्काल लिलाम प्रक्रिया शुरु गरी राज्यकोषमा रकम जम्मा गर्न माग गरिएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width