काँग्रेसद्वारा दुःख व्यक्त

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७७
congress

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा २४ निवासी पार्टीका क्रियाशील सदस्य तोयनाथ पाध्या तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

५ वर्षदेखि नशासम्बन्धी रोगबाट प्रभावित ७७ वर्षीय तिमिल्सिनाको साउन १५ गते निधन भएको हो । उनी साविक कास्कीकोट गाविस वडा ९ का पूर्व अध्यक्ष हुन् ।

स्थानीय विकास, शिक्षा र वन क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको थियो । उनका १ श्रीमती, २ छोरा र २ छोरी छन् ।

छोरा विष्णुप्रसाद तिमिल्सिना, चन्द्रकान्त तिमिल्सिना र छोरी लक्ष्मीदेवी अधिकारी, नन्दश्री पौडेल हुन् । छोरा विष्णु जनजागृति मावि पोखरा १८ को पूर्व प्रधानाध्यापक र चन्द्रकान्त पोखरा महानगरपालिकाका अधिकृत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width