गाउँपालिकाको प्रशासकीय अधिकृतलाई कोरोना

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
covid 19 corona banner

दमौली । जिल्लाको आबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा आबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा कोरोना संक्रमण पुष्टी गरेको हो ।

उनी केही दिन अघि पारिवारिक कामको शिलशिलमा काठमाडौं गएका थिए । कार्यालयमा फर्केपछि गत साउन १४ गते उनि सहित क्वारेन्टाईनमा रहेका नौ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाईएको थियो । जसमा गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा कोरोना पोजेटिभ देखिएको छ भने आठ जनाको रिर्पोट नेगेटिभ रहेको छ ।

कोरोना पुष्टी भएको खबरसँगै उनी आफनै घरमा सुरिक्षत रुपमा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पृष्टि भएपछि गाँउपालिकाले आईतबार बिहानै आकस्मित बैठक बसेर तीन दिनका लागि गाँउपालिका बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनको जोखिमलाई न्युनीकरण गर्न गाँउपालिकले यहि २० गते सम्मको लागि गाँउ कार्यपालिका तथा वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको गाँउपालिका प्रवक्ता कटकबहादुर थापाले जानकारी दिए ।

सक्रंमीतको सम्र्पकमा रहेका जनप्रतिनिधि सहित दुई दर्जन बढी कर्मचारीको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width