गण्डकीमा थप २० जनामा संक्रमण

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
covid-vaccine-microscope.-Coronavirus-2019-nCoV-COVID-shut

पोखरा, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की, तनहुँ र स्याङ्जा, कास्की र लमजुङ जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँमा २ जना पुरुष, स्याङ्जामा ६ जना पुरुष र २ जना महिला, लमजुङमा ३ जना पुरुष, बागलुङमा १ जना पुरुषमा कोरोना देखिएको हो ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीमा ४ जना पुरुष र २ जना महिलामा कोरोना देखियो । संक्रमितहरु न्यूनतम २३ देखि अधिक्तम ६२ वर्षका छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय पाँच पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width