पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
petrol

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ ।

यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रुपैयाँले वृद्धि गरेको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ रहेकामा अब भने १ सय ४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा ९० पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width