पोखरामा ट्राभल हिष्ट्री नभएकामा देखियो कोरोना

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
covid 19 corona banner

पोखरा, १८ साउन । पोखरा महानगरपालिकामा एक ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्थानीय ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए ।

संक्रमित स्थानीय नै भएको र उनको कुनै ट्राभल हिष्ट्री नभएको बताइएको छ ।

संक्रमित वडा नं. १९ को रहेको र थप विवरण आउन बाँकी रहको आचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width