आँपूखोलाका बासिन्दामा खुसी

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
road

पोखरा । कास्कीको रुपा आँपूखोलावासीको मुहारमा यतिखेर खुसी देखिन्छ । वर्षौदेखि हिलाम्य र धूलो बाटो हिड्न बाध्य स्थानीय अब पक्की ढलानबाटोमा सयर गर्न पाउने भएपछि खुुसी भएका हुन् ।
प्रदेश सरकारले आव २०७६÷७७ मा पहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सो क्षत्रेमा सांसद दीपक कोइरालाले २५ लाख बजेट विनियोजन गरेका थिए । सो रकमबाट स्थानीयले उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर ढलानबाटो निर्माण गरेका हुन् ।
रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड्ने उक्त मोटरबाटो निर्माणपछि गाउँलेको मुहारमा खुसी छाएको आँपूखोला मोटरबाटो उपभोक्ता समिति अध्यक्ष बलराम थापाले बताए ।
सो बाटोको नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरी कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गरे । उनले स्थानीयस्तरमा उत्पादित वस्तु बजार पठाउन सहज हुने बताए ।
गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि आँपुखोलाका जनताले गरेको बताए ।
स्थानीय गाउँपालिकाको समन्वयमा बजेट बिनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै विकासका कार्यक्रमले तीव्र पाएको बताए ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनतासँग गरेका वाचा अनुसार बाटो निर्माण भएको बताए । उनले गाउँपालिकाले ६ महिनाभित्र सबै खरको छानो भएका घरमा जस्तापाता छाइने बताए ।
..
फोटो ः रोड ।

Related News

सम्बन्धित समाचार

hero news full width