सहकारी व्यवस्थित गरिँदैः ढकाल

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
lodd

पोखरा । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विकास महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीको ऐन नियम संशोधन गर्न आफूहरु तयार रहेको बताएका छन् ।

सयपत्री बचत तथा ऋण सहकारी संस्था, पोखरा–११ को ११ औं स्थापना दिवस तथा सातौं खुला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख ढकालले हरेक क्षेत्रमा सरकारले दिएको निर्देशन पालना गर्न सुझाए ।

उनले सामाजिक उत्तरदायित्वमा अग्रणी भूमिका खेलेकोमा सयपत्रको कार्यप्रति खुसी व्यक्त गरे । प्रदेश मन्त्रालयले जनअपेक्षा अनुरुप सहकारीलाई व्यवस्थित र परिमार्जित गर्दै लगिने बताए ।

कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले स्थानीय तहले गर्न मिल्ने र गर्न सक्ने सबै कार्य गर्न वडा तयार रहेको बताए ।

सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’ ले सयपत्री सहकारीले आर्थिक लाभमात्र नहेरी आमनागरिकको सेवामा लागेको बताए ।

कार्यक्रममा काहुँ देउराली सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरे, रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, सयपत्री सहकारीका सचिव कृष्णप्रसाद आचार्य, नेफ्स्कुन पोखरा शाखाका प्रमुख ऋषवराज रेग्मीलगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक वसन्तराज कोइरालाले सेयर सदस्यको हितमा रहेको सहकारीमा आवद्ध सबैले आर्थिक कारोबार गर्न अनुरोध गरे ।

सहकारीका कावा अध्यक्ष भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका व्यवस्थापक विकास सुवेदी, शिक्षा उपसमिति सदस्य प्रमिला श्रेष्ठ पनि बोलेका थिए ।

सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले १२ करोड ३९ लाख ४६ हजार ५ सय सेयर पुँजी रहेको सयपत्रीमा १ अर्ब ७ करोड ६६ लाख ६१ हजार निक्षेप रहेको बताए । उनले १७ करोड ३२ लाख तरलता पुँजी रहेको बताउँदै १ अर्ब १२ करोड ३७ लाख कर्जा लगानी रहेको बताए । उनले ८ करोड ९ लाख १८ हजार जगेडा तथा अन्यकोष रहेको जानकारी दिँदै यस आर्थिक वर्षमा ५ करोड २७ लाख ९९ हजार खुद मुनाफा रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width