चितुवा आक्रमणबाट तनहुँमा बालिका घाइते

rss रासस
श्रावण १८, २०७७
Tiger Attact

दमौली, १८ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । ‘रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ’, प्रमुख बरालले भने ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते भएका थिए । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । ‘ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ’, उनले भने, ‘साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पुर्‍याउनुपर्छ ।’

Related News

सम्बन्धित समाचार

    • सर्वोच्चमा संवेदनशील र सार्वजनिक विषयमा सुनुवाइ हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा  । निषेध आदेश अवधिमा कतिपय विषयका मुद्दामा सुनुवाइ नगर्ने निर्णयमा सर्वोच्च अदालतले पुनर्विचार गरेको छ। अब आइतबारदेखि संवैधानिक व्याख्या, मौलिक…
    • प्रधानमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।…
    • प्रधानमन्त्री ओलीले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा भर्खरै आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले…
    • भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

      rss रासस वैशाख ३१, २०७८
      दैलेख । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र…
    • विपत्तिका बेला आफ्नै थातथलो प्यारो

      rss रासस वैशाख ३१, २०७८
      गलेश्वर । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ । रामायणमा…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads