माछापुच्छ्रे त्रिशक्ति युवा क्लब लाहाचोकको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७७
machhapuchhare

माछापुच्छ्रे–४ लाहाचोक कास्कीमा वृक्षरोपण कार्यक्रम गरिएको छ।

वृक्षरोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाही, माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका सचीव राजेन्द्र गौतम, क्याप्टेन सन्तोष गुरुङ , स्मार्ट लाहाचोकका संयोजक भगवान शाही , समाजसेवी दिलिप रानाभाटलगायतले वृक्षरोपण गरेका थिए ।

कार्यक्रममा चाँप, धुपि, लप्सी, पैयु, तेजपता, कपुर, वेल, अमला, कल्कि, रुद्राक्ष, वेशे जातका आठ सय बिरुवा लगाइएको बिरुवा व्यवस्थापनको जिम्मा पाएका शुशिल श्रेष्ठ अभागी एकलयात्रीले जानकारी दिए ।

गतवर्षदेखि उक्त वृक्षरोपण गराउन लागि परेकामा अहिले आएर सो कार्यक्रम सफल गराउन सकेकोमा योजनाकार एवं वैदेशिक रोजगार टिमका सदस्यद्वय लबि क्षत्री र कवि राजु क्षत्रीले खुसी व्यक्त गरे।

कार्यक्रम क्लबका अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width