कास्कीकोटमा वृक्षरोपण

आदर्श समाज संवाददाता
श्रावण १७, २०७७
Rambazar PHS (1)

कास्कीकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ भैरवले नेपालकै पहिलो शाहवंशको राजाले राज गरेको कास्कीकोट गुप्ताकालिका मन्दिर जाने बाटोको छेउछेउमा वृक्षरोपण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष ओम सुवेदीले रूद्राक्षको बिरूवा रोपी वृक्षरोपण कार्यक्रमको उद्घाटन गरे ।

उनले लायन्स लायन्स क्लब अफ पोखरा भैरवले पोखरादेखि कास्कीकोट आई रमणिय स्थान र गुप्ता कालिका मन्दिर जाने बाटोमा वृक्षरोपण गरी वातावरण संरक्षणमा लागि परेकोमा आभार व्यक्त गरे । साथै उनले बिरूवा गोडमेल र हुर्काउन ५ हजार रुपैयाँ सहयोग गर्ने बताए ।

उनले आगामी वर्ष लायन्स क्लबसंग समन्वय गरी वडाकातर्फबाट बृहत् बृक्षारोपण कार्यक्रममा गर्ने प्रतिबद्धता व्यक्त गर्नै रोपेका बिरूवा हुर्काउन सबै लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा तीर्थ श्रेष्ठले वातावरण संरक्षण गर्न वृक्षरोपणले ठूलो मद्दत गर्ने भए तापनि मानव बस्तीसँगै वनजंगल बिनासले जंगली जनावरको आहारविहार खान कम हुँदा जनावर बजार पस्ने क्रम बढ्दै गएकाले फलफूलका बोटबिरूवा रोप्नु पर्नेमा जोड दिए ।

वृक्षरोपणमा जिल्ला वन डिभिजन कार्यालय कास्कीबाट लौसी, चाप, कपुर जातका बिरुवा सौजन्य उपलब्ध भएका थिए ।

सोही समारोहबीच क्लबका पुर्व अध्यक्ष सम्मरबहादुर श्रेष्ठले क्लबले कुनै एक बिरुवामा चौतारा बनाईदिने धोषणा गरे ।

कार्यक्रममा क्लबका वातावरण संयोजक निर्मल बिजुक्छेको स्वागत रहेको थियो भने कार्यक्रममा क्लबका अध्यक्ष जगन्नाथ तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव कृष्ण सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width