खानेपानी अभावले बोरिङको पानी खरिद गर्न बाध्य

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७७
tanahun khanepani

दमैली, १७ साउन । तनहुँमा खानेपानी आपूर्ति गर्ने पाइप पहिरोले पुरेपछि आपूर्तिमा समस्या भएको छ । विभिन्न स्थानका मूलबाट पानी ल्याइएको पाइपहरुलाई पहिरोले पुर्दा स्थानीयलाई सास्ती भएको हो । महिनामा ४ सयको दरले वितरण हुने पानी पहिरोले मुहानबाट ल्याएको पानीको पाइप बगाउँदा दिनको ५०० तिरेर बोरिङको पानी किन्न स्थानीयहरु बाध्य छन् ।

पहिरो ठूलो भएकाले तत्काल पाइप लाइन मर्मत गर्ने वैकल्पिक उपाय नहुँदा स्थानीयहरु मारमा परेका हुन् । असारको अन्तिम सातामा अविरल वर्षासँगै आएको पहिराले खानेपानीको पाइप बगाइदिँदा जिल्लाका विभिन्न ठाँउमा खानेपानीको अभाव सिर्जना भएको छ ।

ग्रामीण भेगका स्थानिय भने आसपासको कुवा, पधेरो बाटो धेरै समय लगाएर आफुलाई खानेपानीको जोहो गरेका छन् । जिल्लाको सदरमुकाम दमौलीका बासिन्दाले बोरिङ खानेपानी सँग चर्को शुल्कमा पानी किन्ने गरेका छन् । जिल्लाकै ठूलो खानेपानी आयोजनाको रुपमा मानिने दमौली खानेपानीको पाइप पहिरोले बगाएपछि झन्डै चार हजार घरधुरी रहेको दमौलीबासी पूर्ण रुपमा प्रभावित बनेको छ ।

व्यास २ का व्यवसायी बलबहादुर थापाले बोरिङ पानी चर्को मुल्यमा किन्नु परेको बताए । उनले भने, ‘विहान एक घन्टा मात्र पानी आउँछ । घरमा किचनको लागि मात्र हुन्छ, भाडा माँझ्ने र लुगाधुनै पुग्दैन ।’ महिनाको चार सय तिरे पानी प्रयोग रहेकोमा अहिले दिन कै पाँच सय खर्च हुने गरेको छ । पहिला महिनामा पानीको बिल चार सय सम्म आउँथ्यो, अहिले दिनै पाँच सय खर्च हुन्छ व्यास ३ की झरना थापाले गुनासो गरिन् ।

खानेपानीको पाईप नबन्दा धेरै स्थानीयहरु मारमा परेका छन् । खानेपानीको मर्मतको लागि पहिरोले करिब २४ मिटर १० इन्चको जिआई पाइप बगाएको थियो । पछिल्लो उक्त पाईप मर्मत गरेता पनि पुनः पाईपमा समस्या आएको थियो ।

पानीको कारण व्यास नगरपालिका २, ३ र ४ का बासिन्दाहरु प्रत्यक्ष रुपमा प्रभावित भएका हुन् । बिहान बेलुका गरी दैनिक ३० लाख लिटर पानी वितरण गर्दै आएको दमौली खानेपानी तथा उपभोक्ता संस्थाले हाल पुरानो पानीको एक लाइनबाट पम्प सञ्चालन गरी करिब ३० प्रतिशत पानी वितरण गर्दै आएको छ ।

खानेपानीको पाइप बगाएपछि खानाको लागि पुग्ने गरे पनि अन्य कामका लागि समस्या भएको संस्थाका अध्यक्ष मीरा जोशीले बताइन् । ‘तत्कालको लागि आवश्यक पर्ने पानी पुरानो पाईप मार्फत पठाईएको छ, पाईपको मर्मत सकेर पानी सुचारु गर्ने गरी काम अघि बढाई रहदाँ, पाईप फुट्यो,’ उनले भनिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width