पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

एजेन्सी
श्रावण १६, २०७७
Coronavirus_world_2

काठमाण्डौ, १६ साउन । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ .१५ बजे मृत्यु भएको हो । ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाका अनुसार बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width