तनहुँमा बिना मास्क हिड्ने एक सय ७२ जनालाई कारवाही

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
maski 2

तनहुँ, १६ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले बिना मास्क हिड्डुल गर्ने एक सय ७२ जनालाई कारबाही गरेको छ ।

मास्क नलगाई हिड्डुल गर्ने तथा सवारी साधान चलाउने व्यक्तिलाई बुधबार र बिहीबार गरी दुई दिनमा एक सय ७२ जनालाई कारबाही गरे प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा बिनामास्क हिड्नेलाई कारवाही गर्ने अभियान अनुरुप उनीहरु कारबाहीमा परेका हुन् ।

मास्कको प्रयोग नगरी हिड्ने ती व्यक्तिहरुलाई प्रतिव्यक्ति एक सय रुपैयाको दरले जरिवाना गरी कोरोना भाईरस संम्बन्धि पुर्ण रुपमा जानकारी दिई एक पटकलाई सम्झाई बुझाई गरी छाडिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम जिल्लाबासीहरुलाई सचेतना कार्य थालेको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै गएरको त्यसको प्रत्यक्ष असर समाजमा पर्ने हुँदा उक्त अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागि मास्क नलगाई हिडडुल गर्न रोक लगाइएको छ ।

प्रहरीले पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा मास्क लगाएर मात्रै हिडडुल गर्न आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width