पोखरा रोयल सहकारीको आफ्नै मोबाईल बैंकिङ

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
pokhara royal

पोखरा । कोरोना महामारीका बीच पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले रोयल स्मार्ट बैकिङ्गको शुरुवात गरेको छ । आफ्नै मोबाईल एप्लिकेसन मार्फत स्मार्ट बंैकिङको सेवा प्रारम्भ गरिएको प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले बताए ।

संस्थाको सेवा र आफ्ना सदस्यहरुलाई स्मार्ट बनाउन उक्त सेवा शुरु गरेको गुरुङले जानकारी दिए ।

रोयल स्मार्ट बैकिङ्गबाट सदस्यहरले आफ्नै मोबाईलबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट चेक गर्न, बैंक तथा सहकारीमा रकमान्तर गर्न सक्नेछन् । त्यस्तै, पानी, बिजुली, ईन्टरनेट, टिभी, टेलिफोनको बिल भुक्तानी गर्न, मोबाईल रिचार्ज, हवाईजहाज तथा सिनेमाको टिकट खरिद गर्न, वालेटमा रकम जम्मा, क्यूआर भुक्तानी, कार्ड रहित एटिएम सेवा उक्त एप्लिकेसनमा हुनेछ । संस्थाको सूचना तथा समाचारहरु एउटै प्रणालीबाट सेवा प्राप्त गर्न एप्लिकेसनले सहयोग पु¥याउने सूचना अधिकारी मीलन ढकालले बताए ।

कोभिड–१९ महामारीको अवधिभर निःशुल्क रुपमा सेवा लिन पाइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width