चन्द्रावतीको तीज गीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
photo

पोखरा । साहित्यकार एवं गायिका चन्द्रावती अधिकारी वाग्लेको तीज गीत ‘सहरको सुविधा र म’ सार्वजनिक भएको छ ।

बूढासुब्बा म्यूजिक डिजिटलको युट्वबाट सार्वजनिक गीतको रचना, शब्द र स्वर गायिका स्वयं वाग्लेकै हो ।

नमस्ते पोखरा रेकर्डिङ स्टूडियोमा रेकर्ड गीतको एरेञ्ज र मिक्सिङ साहिल गायकले गरेका छन् । गीतको भिडियोमा तारा थापा, ज्योति कार्की, बालकलाकार आरुषी अधिकारीको अभिनय छ भने नीशा र अनुपाले नृत्य गरेका छन् ।
गीत तथा भिडियोको व्यवस्थापन वसन्तप्रसाद चालिसे र वेदुप्रसाद अधिकारीले गरेका छन् ।

मदन अधिकारीको निर्देशनमा तयार भएको गीत र भिडियोको सम्पादन भीमराज तिमिल्सिनाले गरेका थिए ।

गायिका वाग्लेले तीज गीतमार्फत सहरीया जीवन, रहनसहन, खानपान र कामधन्दालाई यथार्थतामा उतार्ने प्रयास गरेकी छन् । वाग्लेको यसअघि आइन छोरी भनेर, नरोए आमा, जागिरे नारी, गरिन् गुनासो तीजगीतका साथै कविताहरु, हरिशचन्द्र शोक काव्य प्रकाशित कृति हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width