मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा जोड

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
ban progrem photo

हेमजा। मानव वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।बिहीवार सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको आयोजनामा भएको अन्र्तक्रियामा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।

प्रदेश अध्यक्ष कालिदास सुवेदीले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने औँल्याए ।सर्वोच्च अदालतले फैसला गरेपनि बाँदरबाट हुने गरेको क्षतिबारे हालसम्म सम्बोधन हुन नसकेकोतर्फ संकेत गर्दै उनले बाँदरबाट कतिपय किसान निरास हुँदै घरै छाड्नुपर्ने अवस्था आएको भनाइ राखे ।

उनले वैज्ञानिक वन व्यवस्थापन तुलनामा दिगो वन व्यवस्थापन उचित भएको तर्क समेत गरे । बाँदर नियन्त्रणका लागि समातेर राष्ट्रिय निकुञ्जमा छाड्ने वा सुकुटी बनाएर बिक्रीवितरणको व्यवस्था गर्नुपर्ने उनले जिकिर छ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले सामुदायिक वनसम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने जनाए ।उनले बाँदरबाट हुने गरेको क्षतिप्रति सरकार संवेदनशील बन्नुपर्ने पनि औँल्याए। सो कार्यक्रममा केन्द्रीय सदस्य सरिता कुमालले पनि भनाइ राखेकी थिइन् । पत्रकार तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिबीच छलफल भएको हो ।

उक्त भेलाले साउन २५ मा सामुदायिक वन दिवस लक्षित गरी सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।जसअनुसार विगतमा वृक्षरोपण गरेका बिरुवा मूल्याङ्कन गरी थप वृक्षरोपण गर्ने, कोरोना भाइरस संचेनता अभियान संचालन गर्ने तथा सामुदायिक वन अभियन्ताको सम्मान गर्ने लगायतका छन् ।

कार्यक्रमबीच वन्यजन्तुका कारण प्रदेशमा पछिल्लो २ वर्षभित्र भएको क्षतिबारे जानकारी दिइएको छ ।जसअनुसार कास्कीमा मानवीयतर्फ १ को मुत्यु, २ घाइते, स्याङजामा २ घाइते, बाग्लुङमा १ को मृत्यु, लमजुङ र नलवपुरमा समान २÷२ घाइते र पर्वतमा ५ घाइते भएको तथ्याङ्क छ ।

त्यस्तै पशुधनतर्फ कास्कीमा १० गाई, ७ भैँसी र ५० बाख्रा, स्याङ्जामा २७ गाई, २० भैँसी, ३ सय ६५ बाख्रा र २ बङ्गुर, गोरखामा १६ गाई, ४ भैँसी, २ सय ५७ बाख्रा र ३ भेँडा क्षति भएको छ ।

त्यसैगरी बागलुङमा १ गाई, २ भैँसी, ८ बाख्रा र १ बङ्गुर, मुस्ताङमा ४ गाई, ७४ भैँसी, ६८ याक, ८ भेँडा र ८५ बाख्रा, म्याग्दीमा १ गाई, ६ भेडा र ४८ बाख्रा, लमजुङमा १० बाख्रा, नवलपुरमा १ गोरु र २ जना गैँडाबाट घाइते तथा पर्वतमा गाई, गोरु, बाख्रा र भैँसी गरी कुल ७७ जनामा क्षति पुगेको बताइएको छ ।

पछिल्लो २ वर्षमा वन्यजन्तुबाट तनहुँमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । जसअनुसार ९ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

त्यस्तै, ८६ पशुघन पनि मरेका छन् । तनहुँबाटै ८ नरभंक्षी चितुवाको चितवन राष्ट्रिय निकुञ्ज लयायत विभिन्न स्थानमा स्थानान्तरण पनि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • हात्तीको आक्रमणबाट मृत्यु

      rss रासस वैशाख ३१, २०७८
      नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ…
    • आइसोलेशनका लागि चिकित्सक नियुक्त

      rss रासस वैशाख ३१, २०७८
      दमौली । तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमबिबीएस चिकित्सक नियुक्त गरेको छ । आइसोलेशनमा…
    • म्याग्दीमा लकडाउन १० दिन थपियो

      sadhanramjali साधन राम्जाली वैशाख ३१, २०७८
      म्याग्दी । म्याग्दीमा लकडाउन जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोरोना संक्रमणको दर थप बढ्न नदिन प्रमुख जिल्ला…
    • कोभिडविरुद्ध जुध्न सहयोग अभियान

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      नवलपुर । कोरोनाको दोस्रो लहरको महामारीविरुद्ध जुध्न नवलपुरका निजी क्षेत्रका संघसंस्थाले सहयोग अभियान सुरु गरेका छन् । यहाँका संघसंस्था तथा…
    • गण्डकीमा दोहोरियो गुरुङ सरकार, कसरी जुटाउला विश्वासको मत

      prakash dhakal प्रकाश ढकाल वैशाख ३०, २०७८
      पोखरा । बहुमत सांसद सत्ताबाट बाहिर रहेपछि गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विपक्षी दलको दाबी…

    hero news full width

    sanil ads

    wordlink ads