सेन्ट्रल गार्डेन खाद्यान्न लिएर आश्रममा

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
lcp garden

साउन १५ अर्थात खीर खाने दिन सोही सन्दर्भ पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेन खाद्यान्न लिएर आश्रम पुगेको छ ।

क्लबले बिहीवार आफ्ना पदाधिकारीको जन्मदिन आश्रमका बाबाआमा, दाजुभाइ, दिदीबहिनीसँग बसेर मनाउन वर्थडे केक र खाद्यान्न सामग्रीसहित आश्रम पुगेको हो । यो सबै सन्दर्भ क्लबका प्रथम उपाध्यक्ष सुब्बा घिमिरेको जन्मदिनसँग जोडिएको थियो ।
क्लबले घिमिरेको जन्मदिन पारेर एक समारोहका बीच मानवसेवा आश्रम पोखरा–२५ कै सभाहलमा जन्मदिनको फेलोसीप र खाद्यान्न सहयोग गरेको छ ।

सो अवसरमा कार्यक्रम संयोजक घिमिरेले आश्रमलाई सात हजार एक सय ४० रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि क्लष्टर २४ का क्लष्टर प्रमुख माधव प्रसाद पौडेलले खाद्यान्न हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै निकै उत्कृष्ट ठाउँमा सहयोग गरेकोमा प्रशंसा गरे ।

पवित्र दिनमा पवित्र कार्य गर्नु आफैमा स्तुत्य रहेको  बताउँदै  उनले लायन्स क्लबमा आवद्ध समाजसेवी रामजी अधिकारीले स्थापना गरेको मानवसेवा आश्रमलाई देशभरका लायन्स क्लबले समय-समयमा सहयोग गर्दै आएको स्मरण गरे ।

रिजन ४९ का रिजन चियर पर्सन पुरुषोत्तम पराजुलीले जन्मदिनमा सेवाका हात बढाएर मानवीय कर्म गरेकामा क्लब र क्लबका उपाध्यक्ष घिमिरेलाई शुभकामना व्यक्त गरे।

जोन ९७ का जोन चियर पर्सन विशाल सुवेदीले मानवीय सेवा बाहेक अरु ठूलो धर्म केही नभएकोमा जोड दिए ।

अतिथि लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम उपाध्यायले मानव जीवनलाई मानवीय सेवामा लगाएर बिताउनु नै सबैभन्दा महान् भएको धारणा राखे ।

आश्रमका अभिभावक मदन थापाले हाम्रा भगवान् भनेका आश्रममा आश्रित बाबाआमा र छोराछोरी भएकाले भगवान् खोज्दै हिँड्न नपर्ने बताए ।
क्लबले सोही समारोहबीच सेवासँगै आश्रमका बाबाआमा, दाजुभाइ, दिदीबहिनीसँग बसेर केक काटेर घिमिरेको जन्मदिन घरपरिवारले एक–अर्कालाई केक खुवाएर मनाएको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक सुब्बा घिमिरे, सचिव सुजित बिजुक्छे, अध्यक्ष असफल गौतमलगायतले आगामी दिनमा अन्य क्लबलाई पनि आश्रमलाई सहयोग गर्नका लागि आफूले आह्वान गर्ने बताए ।
आजकै दिन जन्मदिन परेका क्लबका डाइरेक्टर तुलबहादुर रानाभाट कार्य व्यस्थताले उपस्थित हुन नसके तापनि आफ्नातर्फबाट बाढीपहिरो पीडितका लागि पाँच हजार सहयोग प्रदान गरेका थिए ।

स्मरण रहोस् यस अघि क्लबले स्वास्थ्यसचेतना सहित पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width