रिलायबलमा अभिकर्ता पुनर्ताजगी र सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
IMG20200730132450

रिलायबल नेपाल लाइफ इन्स्योरेन्टसको अभिकर्ता पुनर्जताजगी तालिम सम्पन्न भएको छ ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा अभिकर्ता भएका अभिकर्ताको क्षमता अभिवृद्धिका लागि चरण–चरण गरेर पुर्नताजगी तालिम सञ्चालन गरेको शाखा प्रबन्धक सूर्य सुमन थापाले जानकारी दिए ।

तालिममा क्षेत्रीय प्रबन्धक सरोज अधिकारीले सहजिकरण गरेका थिए । अधिकारीले जीवन बिमा हरेक व्यक्तिका लागि बचतको सर्वोत्तम उपाय भएका तापनि त्यसका फाइदाको बजारीकरण पर्याप्त हुन नसकेकाले तालिम राखिएको बताए ।

सोही समारोहबीच अघिल्लो आर्थिक वर्षका उत्कृष्ट अभिकर्तालाई सम्मानसमेत गरिएको थियो । सम्मान गर्दै क्षेत्रीय प्रबन्धक अधिकारी र शाखा प्रबन्धक थापाले अभिकर्ताले दृढ विश्वासका लागि अगाडि बढ्न सकेमा सबैको विश्वासको पात्र बन्न समय धेरै नलाग्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width