विद्यालयमा निर्मित क्वारेन्टाइन रित्तिए

भोजराज भट्टराई
श्रावण १५, २०७७
bagnas

पाल्पा  । बगनासकाली गाउँपालिकामा स्थापना भएका सबै क्वारेन्टिन र आइसोलेसन बुधबारदेखि खाली भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुलाई राख्न गाउँपालिकामा क्वारेन्टिन र आइसोलेसन स्थापना गरिएको थियो । तर, विगतमा भरिभराउ क्वारेन्टिन क्रमशः खाली हुँदै गएकोमा आइसोलेसन र क्वारेन्टाइनमा रहेका बाँकी १८ जनालाई बुधबार घर पठाएसँगै पूर्ण रूपमा रित्तिएका हुन् ।

बुधबार बगनासकालीको वडा १, ग्राम्य मावि, वडा ५, सरस्वती आधारभूत विद्यालय, वडा ५, हिमालयन आधारभूत विद्यालयका गरी १८ जनालाई घर पठाएसँगै १७ वटै विद्यालयका क्वारेन्टाइन खाली भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । उनले आगामी दिनमा कोभिड–१९ पोजेटिभ देखिनेहरूलाई होम क्वारेन्टाइन या सामुदायिक भवनमा व्यवस्थापन गरिने बताए ।

‘विद्यालय चलाउन निर्देशन आएमा एक सातापछि चलाउन सकिने गरी सबै विद्यालयको स्नानिटाइज सक्ने गरी काम अगाडि बढाएका हौं,’ अधिकारीले भने, ‘आगामी दिनमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था छिट्टै आउने भएकोले र सबै विद्यालयका क्वारेन्टिन र आइसोलेसन रित्तिएकाले प्रविधि प्रयोग गरी विद्यालय सरसफाइ अभियान थालेका हौं ।’

आइसोलेसन र क्वारेन्टिन खाली भएसँगै विद्यालय परिसरमा फोगिंङ मेसिन प्रयोग गरी सोडियम हाइपोक्लोराइड छर्केर स्यानिटाइज गर्न शुरु गरिएको छ ।

बुधबार ग्राम्य माविमा स्यानिटाइज शुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिए । गाउँपालिकाका विभिन्न १७ विद्यालयमा स्थापना गरिएका आइसोलेसन र क्वारेन्टिनस्थलमा चैत १५ देखि हालसम्म २ सय ७३ जना नागरिक क्वारेन्टिन बसेकोमा १८ जनाको कोरोना पोजेटिभ देखिएका थिए । संक्रमित सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउँदै गाउँपालिकाले विद्यालयलाई स्यानिटाइज शुरु गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width