सुन बरामद अपडेटः भेटायो आधा किलो सुन, बाँकी सुनको जलप

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७७

काठमाडौं, १३ साउन । काठमाडौं कमलादीबाट प्रहरीले बरामद गरेको बस्तु पहेंलो धातुमा आधा किलोमात्र सुन भेटिएको छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरले दिउँसो पत्रकार सम्मेलन गरी त्यसमध्ये आधा किलोमात्र सुन भएको खुलेको पुष्टि गरेको हो ।

१५ केजीमध्ये बाँकी साढे १४ केजी सुनजस्तो देखिने गरी चाँदीमा सुनको जलप लगाएको पाइयो, पत्रकार सम्मेलनमा प्रहरीेले भन्यो ।

बरामद गरिएको बस्तुको बजार आजका मितिमा मूल्य कुल ५७ लाख ६५ हजार पर्दछ ।

पहेंलो बस्तु बरामदपछि प्रहरीले सुन व्यवसायीसमक्ष परीक्षणको लागि पठाएको थियो । त्यसमा मात्र ५ सय ग्राम सुन भएको भेटिएको हो ।