खुल्यो दमौली–डुम्रे सडक

रासस
श्रावण १३, २०७७
tanahun

दमौली, १३ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ । अविरल परेको वर्षासँगै यही साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेर पुरानै अवस्थामा फर्काएपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो । उक्त खण्ड शनिबार रातिदेखि एकतर्फी सञ्चालन भएको थियो । सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइए पनिसवारी साधन फस्न थालेका थिए । वैकल्पिक मार्गमै पटकपटक सवारी साधन फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग बन्द गरेर मर्मत शुरु गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width