प्रतिकात्मक तस्बिर
बलेवा, १३ साउन । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी हुन् । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१