रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा पुनः नियुक्त भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । पदमुक्तको ३ सातापछि उनलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ वर्षका लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्यसचिव नियुक्त भएका छन् । यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाको नाममा सिलवाल थिए । समितिले राष्ट्रिय महिला भलिबल टोली पूर्व कप्तान अञ्जु श्रेष्ठ, नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापासहित सिलवालको नाम सिफारिस गरेको थियो । सदस्यसचिव बन्न २७ जनाले आवेदन दिएकोमा उनीहरुको नाम सिफारिसमा परेको थियो ।
नेपाल भलिबल संघको सिफारिसमा यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त उनी यसपालि भने प्रतिष्पर्धामा परेका थिए । विगतमा सदस्यसचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ ।
यस्तै, शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । उनको पदावधि समेत ४ वर्षको हुनेछ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका कोइरालालाई मन्त्रीपरिषद्को बैठकले राखेप उपाध्यक्षमा नियुक्ति गरेको हो । कोइराला तेक्वान्दो युनियनका अध्यक्षका रुपमा क्रियाशील छन् । उनी पूर्व नेकपा माओवादीका नेता हुन् ।
गत वर्ष असार २३ गते पहिलो पटक सदस्य सचिव नियुक्त सिलवालसहित राखेपका तत्कालीन पदाधिकारी एवं सदस्य नयाँ राष्ट्रिय खेलकुद ऐन २०७७ असार १८ गते लागु भएसँगै पद मुक्त भएका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१