फाइल तस्बिर
पोखरा । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वर्षको अन्तिममा ६ वटा गाडी किन्यो । सरकार गठन भएदेखि अहिलेसम्म गण्डकी सरकारले पदाधिकारी र कर्मचारी चढ्ने ६० वटा नयाँ गाडी किनिसकेको छ । केही मन्त्रीहरुसँग २ वटा गाडी छन् । ३२ करोड रुपैयाँभन्दा बढी सवारीसाधन खरिदमै खर्च भएको छ । अझै केही गाडी खरिद तयारी भैइरहेको छ ।
महालेखापरीक्षकको प्रतिवेदनले गाडी खरिदमा बढी खर्च भएपछि अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउन सुझाएको छ । मलेपले मात्रै होइन प्रदेशका सांसदहरुले पनि सरकार जनताका पीडामा भन्दा आफ्नै विलासितामा रमाएको आरोप लगाए ।
आइतबारको संसद् बैठकमा जनमोर्चाकी सांसद पियारी थापाले भनिन्, ‘जनता विपत्तिको दोहोरो मारबाट पिल्सिरहने । सरकार विलासिता र सुखभोगमा तल्लिन रहने ? साढे २ वर्षमा ६० वटा गाडी किनेको तथ्य बाहिरिएको छ । यो कस्तो खालको समृद्धि हो ? भोक र रोगले छटपटिएका जनतालाई राहत दिनुको सट्टा यस्ता खबरले आहत मिलेको छ । कम्युनिस्टको मुकुटभित्र लुकेको शासकीय शैली, विलासिता, पद प्रतिष्ठाको पदलोलुप, रहस्यमय जीवनशैलीको परिवर्तन आवश्यक छ ।’
गत साउन १० मा आदर्श समाज दैनिकले प्रदेश सरकारले साढे २ वर्षमा खरिद गरेको सवारीसाधनबारे मुख्य समाचार प्रकाशन गरेको थियो ।
सांसद थापाले बाढीपहिरो र विपत्तिमा सरकार गम्भीर नभएको आरोप लगाइन् । ‘बाढीपहिरोको विपत्ति हाम्रा लागि नयाँ होइन, हरेक वर्ष यो विपत्ति बढ्दो छ । सरकार अनविज्ञ भएर प्रस्तुति गरिरहेको छ,’ उनी भन्छिन्, ‘दर्जनौंको मृत्यु हुन्छ । सयौंको घरबास उठ्छ । सरकार पैसा बोकेर पीडितकोमा पुग्छ । फोटो खिच्छ र फर्किन्छ । अर्को वर्ष पनि त्यही क्रम चल्छ । सरकारको जिम्मेवारी हो ? दीर्घकालीन समाधान किन खोज्दैन ? जवाफ चाहियो ।’
अधिकांश सांसदहरुले विपद् र महामारीबारे विाय उठाए । शून्य र विशेष समयमा उनीहरुले विपत्तिका बेला सरकारको उपस्थिति कमजोर भएको टिप्पणी गरे । पहिरोले पु¥याएको क्षतिबाट जनतालाई सामान्य अवस्थामा फर्काउन राहत प्याकेज घोषणा गर्नुपर्ने र क्षति न्यूनीकरण उपाय अवलम्बन गर्नुपर्ने विषय पनि जोडतोडले उठ्यो ।
‘बाढीपहिरोले धेरैतिर जोखिम बढेको छ । गोरखाको वारपाक सुलिकोटस्थित तीनखण्डेमा ८ घर बस्नै नहुने भयो । ३ घर विस्थापित भैसके,’ सांसद प्रकाशचन्द्र दवाडी भन्छन्, ‘सरकारको ध्यान यता पुगेकै छैन । बाह्रकिलो वारपाक सडक एम्बुलेन्ससम्म हिँड्ने बनाउन सके हुन्थ्यो ।’
सांसद धनञ्जय दवाडी बाढीपहिरो पीडितको उद्धारका लागि जिल्लास्तरीय कार्यदल आवश्यक पर्ने बताउँछन् । ‘मर्स्याङ्दीमा ८३ घर विस्थापित भएका छन् । २१ घर पुरेको छ । गाईवस्तु बगाएको छ । दोर्दी, टोँडेनी, मध्यनेपाल लगायत धेरै ठाउँमा मानिसहरु विस्थापित भएका छन् । यो विस्थापितको तस्वीरमात्र होइन हाम्रो विकासको मोडलको तस्वीर पनि हो,’ उनले भने, ‘सरकारबाट गरिनुपर्ने उद्धारका लागि अभाव खड्किएको छ । उद्धारका लागि धेरै तयारी गर्छौ, फिल्डमा उत्रिने बेला हामीसँग पर्याप्त जनशक्ति छैन । यसका लागि प्रत्येक पालिका र जिल्लामा कार्यदल खडा गरिनुपर्छ ।’ उनले लमजुङको पहिरोमा परेकाहरुका चितवनमा उपचार भइरहेको र उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने माग राखे ।
सांसद विष्णुप्रसाद लामिछानेले नारायणी नदीको बाढी वितण्डाको असर सुनाए । ‘बाढी र पहिरोले बुलिङटारमा दलित दम्पतीको मृत्यु भएको छ । उनीहरुको परिवालाई तत्काल क्षतिपूर्ति प्रदान गरिनुपर्छ,’ उनले भने, ‘नारायणी नदीले धेरैतिर कटान गरेको छ । गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा कटान भएको छ । मध्यविन्दुको अमलटारीमा नारायणी नदी गाउँमा पसेर २१ घर विस्थापित भएका छन् ।’
सांसद हरिशरण आचार्यले सरकारले नै बनाएका भौतिक संरचनाले जोखिम थपेको तर्क गरे । ‘हामी आफैले निर्माण गरेका भौतिक संरचनामार्फत जोखिम निर्माण गरेका छौं । यो गतिविधि तत्काल रोकियोस, म आग्रह गर्छु,’ उनले भने, ‘नदी छेउका खेत बगरमा परिणत भएको छ । हिजो करोड लगानी गरेका संरचना मर्मत गर्नमात्रै ५ गुणा बढी खर्च हुने भयो । मुख्य सडक हिँड्न नसकिने छ । सरकारले प्याकेज ल्याएर ११ वटै जिल्लाका बाटोघाटो बनाओस् ।’
सांसद मेखलाल श्रेष्ठले सरकार विपत्तिमा संवेदनशील नभएको आरोप लगाए । ‘सदनमा प्रदेशका जनताका समस्या सुन्ने मन्त्रीज्यूहरुको उपस्थिति निकै कम छ । प्रदेश सभामा कस्ता विषय आएका छन् भन्ने कुरा सुनेर समाधान गर्ने बेलामा अगाडिको लाइन खाली छ । मन्त्रीज्यूहरु निकै कम देखिनुभएको छ,’ उनले भने, ‘विपत्तिकै समाधान गर्न जिल्ला जानुभएको छ कि आन्तरिक किचलोका कारण सत्ता जोगाउने खेलमा लाग्नुभएको छ ?’ मणिभद्र शर्माले बाढी र पहिरोले विस्थापित भएकालाई तत्काल राहत दिएर बसोबासव्ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद भागवत्प्रकाश मल्लले पनि पहिरोपीडित परिवारलाई राहत दिने र सुरक्षित बसोबासको माग गरे ।
यस्तै, सांसद राजीव पहारीले सरकारको अथक प्रयासले प्रदेशमा कोरोना नियन्त्रण भएको दाबी गरे । उनले बाढीपहिरोका कारण घर गुमाएकालाई आर्थिक सहयोगभन्दा घर दिनुपर्ने सुझाव दिए । वस्ती खोला र नदीको छेउछाउमा बढेका कारण पहिरोको जोखिम बढेको भन्दै सांसद पहारीले सरकारको ध्यानाकर्षण पनि गराए ।
संसद् बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले विभिन्न समयमा उठेका प्रश्न र जिज्ञासाबारे जवाफ दिएका थिए ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१